चुमान काउछा र गीता श्रेष्ठ जुनेली रातमा तिजको गित भिडियो सहित बजारमा

नेपालि नारीहरुको महान चाड हरितालिका तीज नजिक आइरहंदा यसलाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन्। यी तीज गीतहरुको भिडमा गत बर्षको तुलनामा केहि आफ्नो मौलिकता भन्दा टाढा रहेर सार्बजनिक गरिएका हुन् कि भन्ने किसिमका गीतहरु पनि धेरै मात्रामा रहेका छन् । कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला गीता श्रेष्ठ र चुमान काउछा मगरले “ जुनेली रातमा ” बोलको गीत बजारमा ल्याएका छन्। बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेता पनि उनिहरुले त्यति चर्चा पाउन नसकेको गुनासो गरेका छन् । तर पनि क्षणिक चर्चा कमाउन आफुहरुले लोक तथा दोहोरी गीतको मौलिक घरबाट बाहिर जान नचाहेको प्रष्ट पार्छन् । यसै पेरिफेरिमा रहेर पछिल्लो समय बजारमा आएको गीतमा गीता श्रेष्ठ र चुमान काउछा मगरको नै सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय चुमान काउछा मगरको रहेका छन् भने शब्द गीता श्रेष्ठ र मोतिराज खनालको रहेको छ । गीतको स्वाद जति मौलिकतामा सिमित त्यति नै म्युजिक भिडियोलाई पनि उत्कृष्टता दिने प्रयास गरिएको छ । “जुनेली रातमा “बोलको गीतको म्युजिक भिडियोमा अस्मित राना र निर्मल छेत्रीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन / क्रियोग्राफी निर्मल छेत्री, छायांकन राम सिंह भाट ,र सम्पादन दिलिप तमाङ ले गरेका छन् । हामि यस संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं । भिडियो हेर्न तल क्लिक गर्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *