लकडाउन अन्त्यसँगै काठमाडौंमा भेटिन थाले लक्षणसहितका संक्रमित

काठमाडौं : लकडाउन अन्त्य भएसँगै भेटिएका नयाँ कोभिड १९ संक्रमितहरुमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले बताएका छन्।

यसअघि नेपालमा देखिएका अधिकांश संक्रमितहरुमा कोरोनाको लक्षण देखिएको थिएन। लक्षण बिहिनहरुमा पीसीआर परीक्षण पश्चातमात्र उनीहरुमा संक्रमण पुष्टि हुँदै आएको थियो।

पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको उनले बताएका हुन्।

केहीदिनयता देखिएका संक्रमितहरुमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन्।साभार:पहिलो पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *