गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीत रहेको “घर न घाटको..” मार्मिक गजल सार्बजनिक

नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बहुप्रतिभाशाली गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीत रहेको “घर न घाटको..” मार्मिक गजल सार्बजनिक भएको छ।उक्त गजल हस्त गौतम “मृदुल” ले लेखेका हुन भने एरेन्ज बिष्णु अधिकारिको रहेको छ भने मिक्सिंग मिन बिस्टको रहेका छन् ।


पछिल्लो समयमा गीत संगीतमा बिकृति फैलिदै गैरहेको बेला नेपाली परिवेशमा मेल खाने निकै मार्मिक गजल बजारमा आएकोले दर्शकहरु पनि निकै उत्साहित भएका छन्। हिजो मात्रै सार्बजनिक भएको गजल हजारौ दर्शकको मन मस्तिस्कमा बस्न सफल भैरहेको छ


बाग्लुङ्ग जिल्लाको गल्कोटमा छायांकन गरिएको भिडियोमा राजन केसी र सम्झना खत्रीको निकै उत्क्रिष्ट अभिनय देख्न सकिन्छ।भिडियोमा बिनोद खड्काको छायांकन रहेको छ भने निर्देशन इन्द्र भण्डारी “प्रकाश” ले गरेका हुन् ।भिडियोमा सम्पादन राजन केसीकै रहेको छ।👉https://www.youtube.com/watch?v=ugcqMQP6vzg

Leave a Reply

Your email address will not be published. Required fields are marked *